थप समाचारशुक्रबार, पौष ३, २०७२

कदीलाई पत्नीशोक

हिमालखबर

devijeeसाहित्यकार तथा हिमाल खबरपत्रिकाका स्तम्भकार कमलमणि दीक्षितलाई पत्नीशोक परेको छ ।

मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितकी पत्नी अञ्जुदेवी दीक्षितको ७९ वर्षको उमेरमा ललितपुर पाटनस्थित निवासमा शुक्रबार दिउँसो ३ः३० बजे निधन भएको हो ।

दीक्षित झन्डै १५ वर्षदेखि अल्जाइमर्स रोगबाट पीडित थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

दीक्षितका दुई छोरा कुन्द दीक्षित (सम्पादक, नेपाली टाइम्स साप्ताहिक), कनकमणि दीक्षित (प्रकाशक, हिमाल खबरपत्रिका) र छोरी रुपा जोशी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...