थप समाचारशनिबार, पौष ४, २०७२

कर्णाली अस्पताल, जुम्लामा आगलागी

हिमालखबर

karnaliजुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा आगलागी भएको छ।

गए राति करिब २ः३० बजेबाट सल्केको आगो नेपाली, सेना, नेपाल प्रहरी र स्थानीयको सक्रियातामा विहान ६ बजे मात्रै नियन्त्रणमा आएको थियो।

आगलागीबाट कराडौको क्षति भएको छ।

शिक्षण अस्पतालको भवन पुरै जलेर ध्वस्त भएको छ । अस्पताल भवन भित्र रहेको प्रयोगशाला, रेडियोलोजि लगायतका सबै उपकरण जलेका छन् ।

आगलागी हुनको कारण खुल्न सकेको छैन ।

अस्पतालमा आगो लागेपछि त्यहाँ रहेका सबै विरामीलाई खुल्ला चौरमा राखिएको छ । अहिले विरामीहरुको विचल्ली छ ।

जुम्लाको तापक्रम यतिबेला शून्य डिग्री भन्दा पनि तल छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>