Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुर्जकुमार राई कामु सशस्त्र महानिरीक्षक - Himalkhabar.com

थप समाचारशनिबार, पौष ४, २०७२

दुर्जकुमार राई कामु सशस्त्र महानिरीक्षक

हिमालखबर

raiसरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईलाई कामु सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ।महानिरीक्षक कोषराज वन्त भ्रष्टाचार आरोपमा निलम्बन भएसँगै मन्त्रिपरिषदको ३ पुस राति बसेको बैठकले राईलाई कामु महानिरीक्षक बनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कामु महानिरीक्षक बनाइएको बैठकमा सहभागी सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिइन्। राई आगामी तीन महिनाका लागि कामु महानिरीक्षक तोकिएका हुन्। निलम्बनमा परेका वन्तको पदावधि सकिन पनि तीन महिना मात्रै बाँकी छ ।

राई २०४३ फागुन ३ गते प्रहरी निरीक्षकका रूपमा सेवाप्रवेश गरेका हुन्। भलिबलका राष्ट्रिय खेलाडीसमेत रहिसकेका उनी नेपाल प्रहरीबाट २०५८ वैशाखमा सशस्त्रमा स्थानान्तरण भएका थिए।

मन्त्रिपरिषद बैठकले महानिरीक्षक वन्तले बुझाएको राजीनामा अस्वीकृत गर्दै उनलाई निलम्बन गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा निलम्बनमा परेका उनले शुक्रबारै गृहसचिव नारायणगोपाल मलेगोसमक्ष राजीनामा बुझाएका थिए।

वन्तले आर्थिक वर्ष २०६९/०७० र ०७१ मा प्रहरी बलका देशभरका युनिटका लागि सदाज्योति सप्लायर्ससँग सामान खरिद गर्दा करोडौं घोटाला गरेको आयोगको दाबी छ। निलम्बनमा नपरेका भए ३० वर्षीय सेवाअवधिका आधारमा उनले आगामी चैतमा अवकाश पाउने थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>