समाचारशनिबार, पौष ४, २०७२

जनकपुरमा राष्ट्रपतिमाथि भएको व्यवहार लज्जाजनकः देउवा

हिमालखबर

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जनकपुरमा राष्ट्रपतिमाथि गरिएको ब्यवहार लज्जाजनक भएको बताएका छन् ।

४ पुसमा राजधानीमा स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले भने, “सबैले मान्ने राष्ट्रपति जस्तो व्यक्तिमाथि जनकपुरको जानकी मन्दिरमा गरिएको व्यवहार अत्यन्तै गलत र लज्जाजनक हो, त्यस्तो कार्यमा संलग्नलाई कडा कारवाही हुनुपर्छ ।”

उनले सामाजिक सद्भाव र धार्मिक कुरामा खलल पुने कुरा स्वीकार गर्न नसकिने बताए ।

देउवाले मधेश केन्द्रित दलहरुलाई संवादबाटै निकास खोज्न पनि आग्रह गरे ।

अहिले मध्यतराईमा जारी आन्दोलको औचित्य नभएको भन्दै देउवाले सम्वादबाटै समस्याको समाधान खोज्न सकिने बताए ।

मधेशका माग सम्बोधनका लागि नै संशोधन प्रक्रिया अगाडि बढाइएको भन्दै उनले छलफलबाट संशोधन प्रस्तावमा आवश्यक परिमार्जन गरेर निष्कर्षमा पुग्न सकिनेमा जोड दिए ।

देउवाले भने, “कतैपनि समस्या विहिन व्यवस्था र पद्धति हुदैन, हाम्रो संविधान पनि समस्या समाधानका लागि लचकदार छ ।

“प्रजातन्त्रमा नभई नहुने कुरा स्वतन्त्रता हो, स्वतन्त्रता भएकै कारण शान्तिपुर्णरुपमा अधिकार माग्न पाईन्छ,” उनले भने, “तर, आन्दोलनका नाममा मुलुकलाई अहित हुने काम कसैले गर्नुहुँदैन ।”

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>