Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जनकपुर घटना संसारभरका महिलाको अपमान: नेता नेपाल - Himalkhabar.com

समाचारशनिबार, पौष ४, २०७२

जनकपुर घटना संसारभरका महिलाको अपमान: नेता नेपाल

हिमालखबर

nepalनेकपा एमालेका नेता माधवकुमार नेपालले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिएको अपमानजनक व्यवहारको निन्दा गरेका छन् ।

प्रेस चौतारी नेपालको पाँचौँ केन्द्रीय बैठक तथा पुरस्कार वितरण समारोहको आज काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले राष्ट्रपति विवाह महोत्सवमा जानाले त्यहाँको भूमि अपवित्र भएको भनी अमानित हुने गरी मधेशी मोर्चाका केही कार्यकर्ताबाट भएको व्यवहार ‘सामन्ती संस्कारको निरन्तरता’ भएको बताए ।

“राष्ट्रपति जस्तो व्यक्तित्व महोत्सवमा पुग्दा ‘विधवा’ भन्ने ? यो एउटा महिलाको मात्र हैन, संसारभरिका महिलाको अपमान हो, के पुरुष विधुर हुँदैनन् ? के यो सती र सामन्ती प्रथा हो ?”–राष्ट्रपतिको भ्रमणबाट त्यो भूमि अपवित्र भयो भनेर क्षमापूजा गरिएको समाचारले आफ्नो मन दुखेको उनले बताए ।

मधेसमा समानताका लागि विभिन्न आन्दोलन हुँदै आएको स्मरण गर्दै उनले निन्दनीय क्रियाकलाप गर्नेलाई अहिलेसम्म कारबाही समेत नभएकाले कस्तो खाले संस्कार कार्यकर्तालाई मधेशी मोर्चालाई दिइरहेको छ भन्ने प्रस्ट देखिएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कसैले मधेशीलाई भारतीय मूलका भने पनि उनीहरु नेपाली मूलकै भएको र आदिकालदेखि नै त्यहाँ बसोबास गर्दै आएका मधेशीहरु नेपाली आदिवासी भएको स्पष्ट पारे ।

संविधान जारी गर्न आफ्नो दलको महत्वपूर्ण भूमिका भएको जिकिर गर्दै उनले थपे, “एमालेले दृढताका साथ अरुलाई पनि खुट्टा टेकाउने काम गर्‍यो, अरु त थर्थराइसकेका थिए ।”

सञ्चारमाध्यमले देशको भौगोलिक अखण्डता, इतिहासमाथि न्याय दिएर मात्र समाचार प्रकाशन/प्रसारण गर्नुपर्ने जिम्मेवारी भएको बताउँदै नेता नेपालले अहिले मुलुकको सङ्कटमा पनि त्यतिकै विवेक प्रयोग गरेर समाचार सम्प्रेसण गर्नुपर्ने औँल्याए ।

कोइराला, पोखरेल, शेर्पा र जिएम पुरस्कृत

चौतारीले यस वर्षको ‘हृदयसिंह स्मृति पत्रकारिता पुरस्कार’ तीर्थ कोइराला, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ गोविन्द पोखरेल, ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ ईश्वरी जिएमलाई प्रदान गरेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>