समाचारशनिबार, पौष ४, २०७२

वीरगञ्जको घण्टाघर क्षेत्रमा झडप, १२ प्रहरी घाइते

हिमालखबर

वीरगञ्जको घण्टाघर क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ४ पुस दिउँसो  झडप भएकाे छ ।

मोटरसाइकल तोडफोडमा संलग्न स्थानीय अमित जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएपछि मोर्चाका कार्यकर्ताहरुले दिउँसाे २ बजेदेखि प्रहरीमाथि ढुंगामुढा शुरु गरेका हुन् ।

दिउँसो एकपटक लाठी चार्ज गरे पनि प्रहरी प्रतिरक्षारत मात्रै रहँदा ठूलाे दुर्घटना भएन ।

मोर्चाका कार्यकर्ताको ढुंगा प्रहारबाट प्रहरी निरीक्षक शेख अदालत, प्रहरी नायव निरीक्षक विष्णुदेव साह सहित १२ जना प्रहरी घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले माेर्चाका ३ जना कार्यकर्तालाइ नियन्त्रणमा लिएकाे छ । समाचार संकलन लागि पुगेका पत्रकार सुरेश विडारीकाे क्यामरा प्रदर्शनकारीले हानेकाे गुलेलीले लागेर फुटेकाे छ ।

वीरगञ्ज बजार आज विहानैदेखि ठप्प भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>