Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोटोपन भएकालाई करिष्माको सौन्दर्य टिप्स - Himalkhabar.com

रमझमआइतबार, पौष ५, २०७२

मोटोपन भएकालाई करिष्माको सौन्दर्य टिप्स

हिमालखबर

अभिनेतृ करिष्मा मानन्धर २६ मसिरमा धरानमा देखा परिन् तर यहाँ कुनै फिल्मी कार्यक्रम थिएन । ‘धरान हेल्दि होम’को उद्घाटन गर्न आएकी करिष्मा मोटामोटीहरुलाई सौन्दर्य टिप्स दिदै थिईन् ।

अभिनेतृ करिष्मा मानन्धर । तस्बीर: सोहन श्रेष्ठ

अभिनेतृ करिष्मा मानन्धर । तस्बीर: सोहन श्रेष्ठ

धरानका डाक्टर, प्रहरी अधिकृत र स्थानीय महिलाहरु माझ आफु दैनिक २ घण्टा शारिरीक अभ्यास गर्ने गरेको बताउँदै सौन्दर्य टिप्स दिएकी करिष्माले व्यस्त दैनिकी भएका सहरीया महिलालाई शरिरको बोसो पगालेर तौल घटाउन सुझाव दिईन् । उनले भनिन् ‘खानेकुरा धेरै नखानुस्, दिउँसो सुप खानुस् अनि विहान हल्का एक्सरसाईज गर्नुस् ।’

पूर्वमा पहिलो पटक धरानमा सुरु भएको विना शारिरीक परिश्रम बोसो घटाउने कोरियन प्रविधिको ‘धरान हेल्दि होम’को उद्घाटन कार्यक्रममा हेल्दि होमको ब्रान्ड एम्बासडरका रुपमा धरान आईपुगेकी करिष्माले सहरीयाहरुलाई यसले फाईदा गर्ने र आफुलेपनि चार वर्षदेखि त्यसैका फाईदा लिईरहेको बताईन् ।

धरानमा हेल्दि होम
शरिर आर्कषक, स्वस्थ, तन्दुरुस्त राख्न चाहने र मोटोपनाले गर्दा हैरान भएका पुर्वाञ्चलबासीका लागी धरान हेल्दि होम स्थापना भएको छ ।
काठमाण्डौपछि पुर्वाञ्चलको धरानमा पहिलोपटक धरानहेल्थी होममा कोरियन टेक्नोलोजीबाट शरिरको बिभिन्न भागमा मसाज गरि शरिरमा रहेको बोसोलाई पगाल्नेगरिन्छ । हेल्थीहोमका निर्देशक सुप्रिया माझी बनेपाली आफै पनि पहिला मोटी रहेको सुनाउछिन । उनी भन्छिन –यही प्रबिधीबाट म एक महिनामा १२ केजी वजन घटाए । अहिले शरिर फिट छ , साञ्चै यो प्रबिधिबाट राम्रो भएकोले आफैले धरानमा खोल्ने सोच बनाएर अहिले सन्चालनमा ल्याएको उनी बताउछिन ।

अभिनेतृ करिष्मा मानन्धरका साथमा हेल्दिहोम धरानका निर्देशक सुप्रिया माझी बनेपाली । तस्बीर: सोहन श्रेष्ठ

अभिनेतृ करिष्मा मानन्धरका साथमा हेल्दी होम धरानका निर्देशक सुप्रिया माझी बनेपाली । तस्बीर: सोहन श्रेष्ठ

हेल्दि होमले धरानमा सातौं शाखा सञ्चालनमा ल्याएको उनी बताउछिन । धरान ९ गौतमपथमा खोलिएको धरान हेल्थ होममा कोरियन प्रविधिबाट एक महिनामा ५ देखि १० केजीसम्म मोटोपन घटाउन सकिने र यो प्रविधिबाट शरिरमा कुनै खराबी नआउने उनी बताउछिन् । त्यस्तैगरि हेल्थीहोमको उदघाटन गर्न धरान आएकी अभिनेतृ करिष्मा मानन्धर भन्छिन –मानिसको सबैभन्दा ठूलो धन नै स्वास्थ्य भएकाले स्वास्थ्यमा ख्याल गर्न सबैलाई सल्लाह दिन्छीन । उनले खानेकुराको सन्तुलन मिलाउन र शारीरिक अभ्यासमा ध्यान दिन सहरीयाहरुले अत्यन्तै आवश्यक रहेको बताइन ।  कार्यक्रममा बोल्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विक्रमप्रसाद श्रेष्ठले मोटोपनका कारण मानिसमा विभिन्न रोग देखा पर्ने भएकाले बेलैमा सचेत रहन सुझाव दिए ।

पचास लाखभन्दा बढी लागतमा शुरु गरिएको हेल्दि होममा तौल घटाउने प्रबिधि, हेड एण्ड प्रेसो मसाज थेरापी, जापानीज इलेक्ट्रो भाइब्रेट मसाज, र होम प्याकेजको सुबिधाहरु छ । बिशेषगरि महिलाहरुको लागीमात्र सन्चालनमा रहेको हेल्थिहोममा पुरुषहरुको लागी पनि यो सुबिधा राख्ने निर्देशक सुप्रिया बताउछिन । यो प्रबिधिबाट मोटोपना घटाउने हेल्दि होम नेपालमा काठमान्डौमा चार स्थानमा रहेको छ भने नारायणगढ वुटवल, पोखरा र चितवनमा सचालनमा रहेको छ । निकट भविष्यमै पूर्वका इटहरी, विराटनगर र विर्तामोडमा पनि हेल्दि होम सञ्चालन गर्ने निर्देशक सुप्रियाले बताईन् ।

शब्द/ तस्बीर: सोहन श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>