समाचारआइतबार, पौष ५, २०७२

गौरः झडपमा एक जनाको मृत्यु, कर्फ्यू लगाइयो

हिमालखबर

रौतहटको सदरमुकाम गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गौरको बीपी चोकमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका तेजापाकड-१ का १७ वर्षीय शेख तवरेजको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको दाहिने कोखामा गोली लागेको थियो ।

४ बजेदेखि कर्फ्यू
झडपका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गा र बोत्तल प्रहार गर्न थालेपछि झडप भएको जनाएको छ ।

विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>