समाचारआइतबार, पौष ५, २०७२

मधेशी मोर्चाद्वारा मालपोत कार्यालय तोडफोड

हिमालखबर

सिरहा सदरमुकामस्थित मालपोत कार्यालयमा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मोर्चाले आह्वान गरेको बन्द उल्लङ्घन गरेको भन्दै मोर्चा कार्यकर्ताले आज अपराह्न मालपोत कार्यालयको भुइँ तल्लाको दुई झ्यालको सिसा फुटाएका छन् । उनीहरुले कार्यालय परिसरमा पार्किङ गरिराखिएको कर्मचारीको को२१प ८१९६ नं को मोटरसाइकलमा पनि सामान्य तोडफोड गरेको छन् ।

मोर्चा कार्यकर्ताले बन्दमा मालपोत कार्यालयसँग सम्बन्धित लेखापढीको काम गरेको आरोप लगाउँदै कार्यालय परिसरमा राखिएका लेखापढी व्यवसायीका दुई कुर्सी र एउटा कुर्सीसमेत भाँचेका छन् ।

मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले बन्दमा कार्यालयले गर्ने जग्गा रजिस्ट्रेसन, नामसारीलगायत कुनै पनि काम नभएको जिकिर गर्दै मोर्चाले आफूहरुमाथि कार्यालय सञ्चालन गरेको आरोप मात्र लगाएको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>