Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रपतिबारे सरकारको निर्णय असंवैधानिकः कानुनविद्हरु - Himalkhabar.com

समाचारआइतबार, मंसिर १०, २०६९

राष्ट्रपतिबारे सरकारको निर्णय असंवैधानिकः कानुनविद्हरु

सन्त गाहा मगर

सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले गरेको आव्हानलाई संविधानको ‘मर्म र भावना विपरीत’ भनेर १० मंसीरमा बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय नै असंवैधानिक भएको कानुन व्यावसायीहरुको धारणा छ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का पदमुक्त भईसकेको प्रधानमन्त्रीले यस्तो निर्णय लिनुलाई संविधान उल्लंघन भन्न रुचाउँछन् । खड्काले हिमालखबरसँग भने, “संविधानले नचिनेको व्यक्तिले लिएको निर्णयको केही अर्थ पनि छैन ।”

संविधानविद् डा. भीमार्जुन आचार्य संवैधानिक राष्ट्रपतिलाई कार्यकारी प्रधानमन्त्रीले प्रश्न उठाउन नमिल्ने बताउँछन् । आचार्य भन्छन्, “राष्ट्रपति र सरकार अलग–अलग इन्स्टिच्यूसन होइन । मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई पत्र लेख्नु भनेको आफैलाई प्रश्न गर्नु जस्तै हो ।”

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा जनताको मर्म र भावना अनुसार नचल्नेहरूले संविधानको मर्मको कुरा गर्नु व्यर्थ भएको बताउँछन् । मन्त्रिपरिषद्को निर्णय ७ मंसीरमा प्रधानमन्त्री आफैले गरेको सम्बोधन विपरीत भएको थापाको बुझाई छ ।

उता, बार एसोसियसनका पूर्व महासचिव रमणकुमार श्रेष्ठ राष्ट्रपतिको गैर–संवैधानिक र गैर–राजनीतिक आव्हानको विषयमा मन्त्रिपरिषद्ले उचित निर्णय लिएको बताउँछन् । श्रेष्ठ भन्छन्, “राष्ट्रपतिको गैर–संवैधानिक निर्णयविरुद्ध सरकारले संवैधानिक निर्णय लिएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>