समाचारआइतबार, पौष ५, २०७२

राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड: प्रम ओली

रासस

g]skf -Pdfn]_k|b]z g+ rf/n] cfOtaf/ s]Gb|Lo sfof{no w'Daf/fxLdf rLg;Fu hf]l8Psf] sf]/nfgfsf ;~rfng ug{ Pjd kf]v/fdf If]qLo cGt//fli6«o ljdfg:yn lgdf{0f ug{]{ dfu ub}{ a'emfPsf] 1fkgkq u|x0f ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k"0f{k|;fb ld>, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका बेला जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताएका छन् ।

एमाले मुख्यालय धूम्रबाराहीमा ५ पुसमा आयोजित कार्यक्रममा ओलीले भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानून बमोजिम नियन्त्रणमा लिने बताए ।

“स्वार्थपूर्तिका लागि केही मानिसले देशलाई बन्धक बनाउन हुन्न, जायज माग सबैका पूरा हुन्छन्, अनुचित माग जोसुकैको पनि पूरा हुन सक्दैन, सभ्य रुपमा माग राख्न सकिन्छ, मागका नाममा गैरजिम्मेवार असभ्य व्यवहार प्रदर्शन गर्नेलाई सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्रीले भने ।

तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सङ्लिने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।

आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन पल्केकाहरुले वातावरण सप्रिन नदिने प्रयत्न गरेको सूचना आफूले पाएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

“संविधासभाबाट जारी भएको संविधानले नेपाली नागरिकले विवाह गरेकी भारतीय छोरीले अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको भनी तराई क्षेत्रमा दुष्प्रचार गरिएको रहेछ, ३ असोजपछि आजसम्म ५९६ महिलाले अङ्गीकृत नागरिकता पाएका छन्,” उनले भने ।

पर्यटकीय क्षेत्रले भरिएको चार नं प्रदेशको विकास निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

प्रदेश नं ४ का एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्ष सहितको टोलीले आज प्रधानमन्त्रीलाई भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न एवम् पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>