समाचारआइतबार, पौष ५, २०७२

ओली सरकार ढल्छः उपेन्द्र यादव

हिमालखबर

upendra-yadav-555x335संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा हाल देखिएको समस्या समाधान भए पनि नभए पनि केपी ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन ।

रिपोर्टर्स क्लबले ५ पुसमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले प्रधानमन्त्री ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै भने, “गैरजिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।” उनले आरोप लगाए, “आफू छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेका ।”

‘सहमतिका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गर्दा समस्या परेको हो ?’ भनि सोधिएको प्रश्नमा उनले भने, “उत्तर र दक्षिण दुवैतर्फबाट आउने अतिबादले देशको हित हुँदैन । एउटा अति राष्ट्रवाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ, यसले जनतावीचको दुरी बढाउँदै छ । यो दुबै खाले चिन्तन असह्य हुँदैछ । यसले मुलुकको हित गर्दैन ।”

अध्यक्ष यादवले मधेशमा भईरहेको आन्दोलन पहाडे वा मधेशी कुनै पनि समुदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गरे ।

विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने भए पनि पटक पटक धोका पाईकेकोले विश्वास गर्ने आधार नभएको उनको धारणा छ ।

उनले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत नहट्ने बताए ।

मधेशको माग न्यायोचित रहेको र त्यसलाई समाधान गर्नु पर्छ भन्ने निष्कर्षका साथ काग्रेससँगको वार्ता राम्रो भएको उल्लेख गर्दै यादवले वातावरण बनेको बेला विथोल्न कुनै घटना घटाउने गरिएको प्रति चिन्ता ब्यक्त गरे ।

उनले भने, “प्रमुख प्रतिपक्षीले मधेश आन्दोलनको मागलाई जायज भनेको छ तर प्रधानमन्त्री अतिवादी भएर हिडिरहेका छन ।”

यादवले बहुभाषिक नीति लागु गर्नु पर्ने, पहिचानको आधारमा कल्ष्टर अनुसार सीमांकन सच्याउनु पर्ने, नागरिकताको ब्यवस्था सच्याउनु पर्ने, समावेशी समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने भन्दै नगर र जिल्लालाई आधार बनाउने कुराले समस्या आएको बताए ।

उनले राष्ट्रपति जाँदा जनकपुरमा भएको घटनाले आफूलाई समेत दुख लागेको भन्दै त्यस्तो घटना हुन नहुने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>