थप समाचारआइतबार, पौष ५, २०७२
सप्तरीः दुर्घट्नामा दुई जनाको मृत्यु
सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
राजविराज–रुपनी सडक खण्ड अन्तर्गत पाँच किलोमिटरमा स.४प ९७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा राजविराज ७ बस्ने रविलाल मेहतरको ज्यान गएको छ ।
साइकललाई बचाउने क्रममा डिस्क ब्रेक एक्कासी हानेपछि लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकलमा सवार मेहतरकी १८ वर्षीया पत्नी रेखा, ५ वर्षीया छोरी गौरी र एक वर्षीय छोरा भोला घाइते घाइते भएका छन् । घाइतेहरुको सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जिल्लाको मलेकपुर गाविसमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मलेकपुर गाविस १ बस्ने ७५ वर्षिया देवकी सदाको आफ्नै घरदेखि अन्दाजी ५ मिटर टाढा पोखरी छेउमा शौच गर्ने क्रममा पोखरीमा खस्दा डुबेर मृत्यु भएको हो ।
४ पुस राति १ बजेतिर निस्केकी उनी फर्केर नआएपछि परिवारजनले खोज्न जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
