Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धनकुटाः ८०० रोपनीमा लगाइएको गाजा प्रहरीद्वारा नष्ट - Himalkhabar.com

थप समाचारआइतबार, पौष ५, २०७२

धनकुटाः ८०० रोपनीमा लगाइएको गाजा प्रहरीद्वारा नष्ट

हिमालखबर

gajaधनकुटाको छिन्ताङ लगायत आसपासका गाविसमा करिब ८०० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

व्यावसायिक रुपमा लगाएको गाँजा फडानी गर्न प्रहरीले गत १८ कात्तिकदेखि धनकुटामा फडानी अभियान चलाएको छ ।

धनकुटाका एसपी विभुतिराज पाण्डेका अनुसार हालसम्म छिन्ताङ लगायत आसपासका स्थानबाट तयारी अवस्थामा बेच्न राखिएको ९०० केजी गाँजा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

गाँजा खेती गरिएको क्षेत्र पहिचान गरी नष्ट गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अहिलेको गाँजा खेती नष्ट गर्ने अभियानमा क्षेत्रीय शसस्त्र प्रहरी गण विराटनगरबाट ३५ जनाको टोलीले ६ दिन, सशस्त्र प्रहरी गुल्म धरानको २३ जनाको टोलीले ४ दिन, जिल्ला प्रहरी कार्यालय धनकुटा लगायत मातहतका प्रहरी चौकीहरुबाट ३० जनाको टोली ६ दिन र सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका १५ जनाको टोली तीन दिन परिचालन भएको एसपी पाण्डेले बताए ।

लाखौ रकम लिएर राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा छिन्ताङ लगायतका विभिन्न गाविसमा गाँजा खेती गरिएको आरोप बारम्बार लागेपछि प्रहरीले सक्रियता देखाएर गाँजा फडानी अभियान शुरु गरेको हो ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>