समाचारआइतबार, पौष ५, २०७२

नेपालीको पेन्सन र कर्णेल लामाबारे ध्यानाकर्षण गराएँः उपप्रम थापा

हिमालखबर

kamal_thapaउपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले बेलायती सेनामा कार्यरत नेपालीहरुले तलब र पेन्सनमा भोग्नुपरेको असमानताको बारेमा बेलायत सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

बेलायत भ्रमणबाट फर्केपछि ५ पुसमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले बेलायती सेनामा काम गर्ने बेलायती नागरिक र नेपाली नागरिकबीच रहेको असमान तलब र पेन्सनको समस्या समाधान निमित्त बेलायती अधिकारीहरुसँग आग्रह गरेको जानकारी दिए ।

उनले भने, “बेलायतको संसदले गठन गरेको समितिको प्रतिवेदनलाई आधार मानेर सेवा सुविधामा अभिवृद्धि गर्न सकिन्छ भने त्यसबारेमा हामी विभार गर्नेछौ भनेर जानकारी दिनुभएको छ ।”

उनले बेलायतमा पक्राउ परी मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा चाँडै किनारा लगाउन आग्रह गरेको पनि बताए ।

“मुद्दा चलेको पनि तीन वर्ष पुग्दैछ तर, अहिलेसम्म त्यो मुद्दाको कुनै टुंगो नलागेको बारे हामीले ध्यानाकर्षण गराउँदा विदेश मन्त्री र जस्टिस मन्त्रीले आश्चर्य प्रकट गर्नुभयो,” उनले भने, “यस बारेमा हामी चाँडोभन्दा चाँडो सम्बद्ध पक्षहरुसँग कुरा गर्नेछौ भनेर उहाँहरुले भन्नु भएको छ ।”

नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २०० बर्ष पुगेको समारोहमा सहभागी हुन थापा बेलायत गएका थिए ।

उनले बेलायतका विदेशमन्त्री, कमनवेल्थ राज्यमन्त्री, सांसद, त्यहाँ रहेका नेपालीहरुसँग भेटवार्ता गरेको र भ्रमण फलदायी रहको बताए ।

उनले नयाँ संविधान र भारतीय नाकाबन्दी बारे पनि बेलायती सरकारलाई जानकारी गराएको बताए । उनले भने, “पारवहान तथा आपूर्ति व्यवस्थामा भारतबाट भएको अवरोधका कारण उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै बेलायती नेताहरुले आवश्यक परेका बेला बेलायत सहयोगका लागि तत्पर रहेको बताउनु भएको छ ।”

मधेश समस्या चाँडै समाधान हुन्छ
मन्त्री थापाले मधेश केन्द्रित दलहरुको माग बारे राजनीतिक ढंगबाटै समाधान खोजिने भन्दै समाधानको अत्यन्तै नजिक पुगिसकेको दाबी गरे ।

भने, “केही बिषयमा समझदारी भईहसेको छ, केहीमा नजिक पुगेको र केही बिषमा प्रक्रियामा अगाडी बढाउने कार्य भएको छ ।”
कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>