समाचारआइतबार, पौष ५, २०७२

प्रादेशिक संरचना अनुसार एमाओवादीले पार्टी संरचना बनाउने

हिमालखबर

एमाओवादीले पार्टीलाई सशक्त र प्रभावकारी बनाउन ६ महीनले सङ्गठन सुदृढीकरण योजना ल्याउने भएको छ ।

विभिन्न ढङ्गले छुट्टाछुट्टै पार्टी बनाएका तर माओवादलाई मान्ने शक्तिलाई एकताको प्रक्रियामा ल्याउने उद्देश्यसाथ सङ्गठन सुदृढीकरणको योजना ल्याउन लागेको हो ।

प्रारम्भिक चरणमा आगामी जेठसम्मलाई केन्द्रित गरी पार्टीको सङ्गठन सुदृढीकरण योजना ल्याइएको प्रवक्ता दिनानाथ शर्माले बताए ।

विगतमा टुटफुट भएर गएका तथा विभिन्न रुपमा रहेका माओवाद मान्ने पार्टी तथा शक्तिलाई एकताको प्रक्रियामा ल्याउने तथा आन्तरिक रुपमा सशक्त बन्ने ध्येयका साथ नयाँ कार्ययोजना ल्याउन लागिएको उनले बताए ।

१५ मंसीरबाट सुरु एमाओवादी केन्द्रीय समितिको बैठकमा नेताले पार्टीको सुदृढीकरण कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनसम्बन्धी योजना ल्याउन आग्रह गरेका थिए । संविधानले मुलुकमा सात प्रदेश बनाएकाले प्रादेशिक संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नुपर्ने उनीहरुको जोड थियो ।

एमाओवादीले प्रदेशको संरचनाका आधारमा पार्टीको संरचना तयार गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>