समाचारआइतबार, पौष ५, २०७२
उपप्रधानमन्त्री थापा चीनको औपचारिक भ्रमणमा जाँदै
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारको निमन्त्रणामा यही पुस ९ देखि १४ सम्म जनगणतन्त्र चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।
उपप्रधानमन्त्री थापा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ८ पुसमा चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री थापाले १० पुसमा चिनियाँ विदेशमन्त्री वाङ विसँग भेटवार्ता गर्ने र सो क्रममा दुई पक्षीय हितका बारेमा छलफल हुने छ ।
भ्रमणका क्रममा उनले चिनियाँ उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
थापा आजै बेलायत भ्रमणबाट फर्केका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
