समाचारसोमबार, पौष ६, २०७२

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेपछि सुनसरीमा झडप

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने तयारी गरेपछि सुनसरीमा झडप भइरहेको छ ।

दुहवी हुँदै प्रधानमन्त्रत्री ओली इटहरी आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले दुवहीमा कालो झण्डासहित प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपमा ५ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने एक जना पक्राउ परेका छन् । प्रधानमन्त्री ओली विराटनगर विमानस्थल हुँदै इटहरी जाने कार्यक्रम तय भएको छ ।

लिलाराज भट्टराई, सुनसरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>