समाचारसोमबार, पौष ६, २०७२

सीमाकंन चलाए अर्काे आगो बल्छः माधव नेपाल

हिमालखबर

Madhavnepalनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले तत्काल सीमाकंन चलाउन नहुने बताएका छन् ।

अनेरास्ववियुको महिला भेलाका लागि बुटवल पुगेका नेता नेपालले सीमाकंन थाती राखेर समाधान खोज्नुपर्ने बताए । “सीमाकंन थाती राख्न सकिन्छ, तर तातेको बेला निर्णय गलत हुन सक्छ, चिसिएपछि निर्णय गर्दा राम्रो हो”, उनले भने ।

नेता नेपालले एउटालाई खूशी पार्न सीमाकंन चलाए अर्काेतिर आगो बल्नसक्ने बताए । उनले भने, “सीमाकंनलाई थाती राख्दा हुन्छ अवस्था चिसिएपछि निर्णय लिनु राम्रो हुन्छ ।”

उनले सीमाकंन थाती राख्नुको अर्थ संघीयता थाती राख्नु नभएको बताए । जारी समस्यालाई टुंग्याउन नेपाली कांग्रेससँग सहकार्य गर्न आबश्यक भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “कांग्रेससँग सहकार्य र मधेसी दलहरुसँग बिश्वास बढाउन आबश्यक छ ।” उनले बन्द हड्तालबाट देशलाई मुक्त गरेर समाधानको बाटोमा आउन मधेशी मोर्चालाई आग्रह गरे ।

मुलुकलाई निकास दिन संबिधान संशोधनमा ढिलाई गर्न नहुने उनको भनाई छ । “कहिले कांग्रेसले र कहिले मधेसी मोर्चाले संशोधन प्रकृयामा अबरोध गरिरहेकाछन्”, उनले भने । नेपालप्रति अनाबश्यक चासो र नाकाबन्दीले भारतलाई नै नोक्सान पुग्ने बताए । “नेपाल र भारतबीच सदियौं पुरानो सम्बन्ध छ”, उनले भने, “कुनै दल वा समुदायसँग मात्र सीमित गर्न राम्रो होइन ।”

मधेशका जिल्लाहरुमा दौडधुप गरिरहेका नेता नेपालले भने, “प्रचण्डजी, सुशीलजीहरु पनि मधेश आउनुहोस्, काठमाडौंमा बसेर गरिने भलाद्मी राजनीतिले निकास दिदैन ।”

–दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>