समाचारसोमबार, पौष ६, २०७२
‘मधेशी मोर्चा परिणाममूखी वार्ता चाहन्छ’
राजनीतिक गतिरोध अन्त्य गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सार्थक र परिणाममुखी वार्ता चाहेको बताएको छ ।
मधेसी मोर्चा सम्बद्ध नेता लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले पत्रकार सम्मेलनमा गर्दै यस्तो बताएका हुन् ।
नेता रायले मोर्चा वार्ता विरोधी नभएको बताउँदै छिट्टै तराई–मधेश आन्दोलनको निकास खोजेकाले सरकारसँग ठोस वार्ताको अपेक्षा गरेको बताए ।
उनले सरकार मधेशको आन्दोलन वार्ताबाट नभई थकाएर शिथिल गराउने चाहनामा रहेको बताए ।
नेता कर्णले सरकार मधेशी मोर्चासँग गम्भीर नभएको र आन्दोलनमा घाइते भएकाको उपचार खर्च उपलब्ध नगराएकामा दुःख व्यक्त गर्दै अबको वार्ता सान्दर्भिक र परिणाममुखी हुनुपर्ने अन्यथा मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिए ।
यसअघि सरकारसँग मोर्चाले १५ पटक वार्ता गरिसकेको र सरकारसमक्ष ११ बुँदे मागसमेत पेस गरिसकेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
