समाचारसोमबार, पौष ६, २०७२

नाकाबन्दी खोल्ने भारतको संकेत, नेपाल सरकारको निर्णयको स्वागत

हिमालखबर

भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खोल्ने संकेत दिएको छ ।

भर्खरै परराष्ट्र मन्त्रालयबाट चार बुँदे विज्ञप्ती जारी गर्दै सरकारले यस्तो संकेत दिएको हो । संविधान संशोधनको प्रक्रिया अघि बढाउने नेपाल सरकारको निर्णयलाई भारतले स्वागत गरेको जनाएको छ । भारतीय सरकारलाई नेपालको परराष्ट्र मन्त्रालयले पठाएको सूचना प्राप्त भएको र संविधान संशोधनको कदमलाई स्वागत गरेको भारतीय परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा संशोधन प्रक्रियामा दलहरुले समाधान निकाल्नेगरी परिपक्व कदम चाल्न समेत आग्रह गरिएको छ । विज्ञप्तीमा नाका खोल्ने संकेत गर्दै लेखिएको छ, ‘दुई देशबीचको व्यापार अवरोधहिन हुने आवश्यक बातावरण मिल्ने आशा गरिएको छ ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>