समाचारसोमबार, पौष ६, २०७२
निलम्वित सशस्त्र प्रहरी महानिरीक्षक वन्त १० करोड धरौटीमा रिहा
निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड धरौती तारेखमा रिहा गरेको छ ।
विभिन्न सामान खरिदका क्रममा महानिरीक्षक वन्तले करीव ७ करोडको नक्कली बिल बनाएको प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था आएपछि उनी धरौतीमा रिहा भएका हुन् ।
अख्तियारले १० करोड बैंक जमानत लिएर तारिखमा थप अनुसन्धान गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
