समाचारमंगलबार, पौष ७, २०७२

‘अन्तिम धक्का’ तीन दिनमै फितलो

हिमालखबर

मधेशका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै संयुक्त लोकतान्त्रिक मोर्चाले चर्काएको आन्दोलन तीन दिन बित्न नपाउँदै फितलो भएको छ ।

मोर्चाको प्रदर्शनका कारण शुक्रवारदेखि बन्द रहेका वीरगञ्जका बजार र पशल सोवारदेखि खुलेका छन् । ठूला सवारी साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, रिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ ।

सोमवार विहान मोर्चाले लाठी जुलुस प्रदर्शन गरेपनि त्यसको कुनै असर परेन । जुलुस प्रदर्शन सकिएलगत्तै व्यापारीले बजार र पसल खोले । बजार खुलेपछि वीरगञ्जमा सर्वसाधरणको चहलपहल पनि बाक्लिएको छ ।

-कान्ति शाह, वीरगञ्ज, अन्नपूर्णपोस्ट्बाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>