समाचारमंगलबार, पौष ७, २०७२

कांग्रेस र मोर्चाबीच सीमाकंनबारे छलफल

हिमालखबर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुबीच संविधान संशोधन, सीमाकंनलगायतमा छलफल हुँदैछ ।

कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा शीर्ष नेताहरुबीच संसद्मा पेश भएको संशोधन विधयेकबारे छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । केहीदिन यता कांग्रेस र मोर्चाबीच निरन्तर वार्ता भइरहेको छ ।

सरकारले संसद्मा पेश गरेको संशोधन विधयेकमाथि भोलिबाट सैद्धान्तिक छलफल हुने भएकाले यसबारे मोर्चालाई कांग्रेसले मनाउने प्रयास गरिरहेको छ ।

मोर्चाले भने सैद्धान्तिक छलफल बहिष्कार गर्ने जनाउँदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माेर्चाले सीमाकंन प्रष्ट नभएकाे विधयेक अस्वीकार गर्ने जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>