थप समाचारमंगलबार, पौष ७, २०७२
‘मधेशको आगो निभ्छ र दियो बल्छ’
सत्तारुढ दल नेकपा एमालेका नेता सुर्य थापाले मधेशमा चार महीनादेखि बलेको आगो चाँडै निभ्ने बताएका छन् ।
संविधानले दिएका अधिकारबारे मधेशी मोर्चाले गलत व्याख्या गरेर सडकमा उतारिएकाहरु चाँडै घर फर्कने उनले बताए । थापाले हिमालखबरसँगको भने, “हामी मधेश झरिसक्यौं, अव उध्याँरो हट्छ । एमालेले दियो बाल्ने काम गर्छ ।”
२१ मंसीरबाट तीन महीने मधेश मिसनका क्रममा मधेशमा फैलाइएको भ्रम हटाउने काम भइरहेको उनले बताए । थापाले भने, “पार्टी नेतृत्व र जनवर्गीय संगठनहरु मधेश केन्द्रीत भएका छन् ।”
उनले राजमार्ग क्षेत्र हुँदै विस्तारै एमाले मधेशको भित्रि भागसम्म पुग्ने बताए । “मधेशको समस्या त्यति ठूलो पहाड होइन कि डोजर चलाउनुपर्छ, मधेशमा दियो बाले पुग्छ”, थापाले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>