समाचारमंगलबार, पौष ७, २०७२

मोर्चासँग अबको वार्ता निर्णायक हुन्छ: सञ्चारमन्त्री

हिमालखबर

sherdhanसूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेशी मोर्चासँगको अबको वार्ता निर्णायक हुने र मुलुकले निकास पाउने बताएका छन् ।

प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले अब केही दिनमै वार्ताका लागि मिति र समय तोकिने तथा परिणाम नआएरसम्म निरन्तर टेबुलमा बसेर वार्ता गरी सहमतिमा पुगेर अघोषित नाकावन्दीको अन्त्य हुने दाबी गरे ।

“नयाँ संविधान जारी भएपछि बिनाकारण नाकाबन्दी गरेर देशमा मानवीय सङ्कट पैदा गरियो, यसको जवाफ स्वयं मधेशवादी नेताले पनि दिन सकेका छैनन्,” उनले भने ।

सरकारका प्रवक्ता राईले भने, “मधेशी मोर्चासँगको वार्ता टुङ्गोमा पुगेन भने सरकार चुप लागेर बस्न सक्दैन, संविधान र कानुन बमोजिम अघि बढ्छ । ”

सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउँदै सञ्चार प्रविधिमन्त्रीले आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अघि बढेको र श्रमजीवी पत्रकार ऐन र पत्रकार दुर्घटना बिमाको कार्यक्रम तत्काल अघि बढाइने जानकारी दिए ।

मन्त्री राईले पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अब दुई महिनाभित्र शुरु हुने जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>