समाचारमंगलबार, पौष ७, २०७२

कांग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

हिमालखबर

11

छलफलमा कांग्रेस र माेर्चाका शीर्ष नेताहरु । तस्वीरः रासस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको नेताहरुले बताएका छन् ।

कांग्रेसका सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले चाँडै निष्कर्षमा पुग्न सकिने कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए । उनले भने, “सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल गरेर फेरि मोर्चासँग बैठक बस्ने कार्यक्रम तय भएको छ ।”

तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले कांग्रेससँग विभिन्न विषयमा छलफल जारी रहेको र सकारात्मक रुपमा अगाडि बढेको बताए। उनले भने, “संविधानका विभिन्न धारामा रहेको असहमतिका विषयमा प्रमुख प्रतिपक्ष दलसँग थप छलफलको आवश्यकता छ र टुङ्गोमा पुग्न बाँकी छ ।”

उनले कुनै पनि बुँदामा अन्तिम टुङ्गोसम्म पुग्ने अवस्था नभए पनि गृहकार्य गरेर अर्को बैठकमा निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>