समाचारमंगलबार, पौष ७, २०७२

संविधान संशोधनमा भारतीय राजदूतको चासो

हिमालखबर

rayभारतीय राजदूत रञ्जित रेले सभामुख ओनसरी घर्तीसँग भेटेर संविधान संशोधनबारे चासो व्यक्त गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा ७ पुसमा भएको भेटमा राजदुत रेले संविधान संशोधन प्रकृयाप्रति चासो व्यक्त गरेका हुन् ।

“अहिलेको समस्यालाई कसरी अन्त्य गर्ने भन्नेबारे कुराकानी भयो । हामीले संशोधन अगाडि बढाई सकेका छौं, यो टुंग्याउँछौ भन्यौं,” भेटपछि सभामुख घर्तीले भनिन् ।

उनले राजदूत रेलाई संविधानको संशोधन प्रक्रिया बारेमा जानकारी गराएको पनि बताइन् ।

घर्तीले अगाडि भनिन्, “सरकारले आन्दोलनरत पक्षलाई सम्बोधन गर्ने गरी गरेको नयाँ प्रस्ताव सही भएको भन्ने उहाँको प्रसङ्गमा हामीले धन्यवाद दियौं ।”

भोलिको संसद बैठकमा हुनसक्ने अवरोध हटाउने प्रयास भैइरहेको भन्दै घर्तीले भोली नै समाधन निस्कने अपेक्षा रहेको बताइन् ।

उनले अवरोध नहटे पनि संशोधन प्रकृया अघि बढ्ने जानकारी दिइन् ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>