खेलकुदमंगलबार, पौष ७, २०७२

यू-१९ विश्वकपका लागि राजुको नेतृत्वमा नेपाली टोलीको घोषणा

हिमालखबर

raju-rijalनेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि राजु रिजालको कप्तानीमा १९ सदस्यीय टोलीको घोषणा गरेको छ ।

आइसीसी यू–१९ क्रिकेट आगामी ८ माघदेखि २ फागुनसम्म बांग्लादेशमा आयोजना हुँदैछ ।

नेपाली क्रिकेटको टोलीको कप्तानमा रिजाल र उपकप्तानमा आरिफ शेखलाई तोकिएको छ ।

टोलीमा रिजार र शेखसँगै सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे छन् ।

त्यसैगरी वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दन यादव छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...