समाचारबुधबार, पौष ८, २०७२

दुई आईजिपीको मुस्कान

हिमालखबर

दुई आईजिपीको मुस्कान
सशस्त्र प्रहरी वलमा नेतृत्व फेरिएसँगै दुई प्रहरी संगठनवीचको सम्बन्धमा अपेक्षाकृत सुधार आउने संकेत देखिएको छ । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल र नवनियुक्त कामु सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईवीच सार्वजनिक कार्यक्रमको यो भलाकुसारीले यस्तै सन्देश दिएको छ ।

मध्य तथा सुदुर पश्चिमका स्थानीय सुरक्षा प्रशासकको क्षेत्रीय गोष्ठीमा अतिथी रहेका आइजिपीद्वयले मञ्चमै सौहार्दपूर्ण ढंगले कुराकानी मात्र गरेनन् आत्मिय मुस्कान पनि दिए । राईले जिम्मेवारी सम्हाले यता उनको यो नै पहिलो सार्वजनिक कार्यक्रम हो ।

केही महिना अघि यी दुई संगठन वीच शीतयुद्ध चलेको थियो भने अर्याल र तत्कालिन सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तवीच सार्वजनिक रुपमा जुहारी नै चलेको थियो । वन्त हाल निलम्वनमा परेका छन् भने सरकारले राईलाई कामु महानिरिक्षकको जिम्मेवारी दिएको छ ।
७ पुसमा शुरु भएको गोष्ठी ८ पुसमा सम्पन्न हुनेछ ।

शब्द/तस्बीर: जयनारायण शाह, नेपालगंज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>