थप समाचारबुधबार, पौष ८, २०७२

सख्खर बोकेको ट्रकमा आगजनी

हिमालखबर

रौतहटको गरुडामा मधेशी मोर्चाका कार्यकर्ताले सख्खर बोकेको ट्रकमा आगजनी गरेका छन् ।

गरुडा–२ मोहम्मदपुरमा ७ पुस मध्यराति ना ३ ख १७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । आगजनीबाट ट्रक बाहिरीभाग ध्वस्त भएको छ ।

गरुडाका शिवजी जयसवालको सख्खर लिई उक्त ट्रक बाराको जितपुरतर्फ जाँदै थियो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनसक्दा अधिकांश सख्खर नष्ट हुनबाट जोगिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...