खेलकुदबुधबार, पौष ८, २०७२

साफ च्याम्पियनसिपः नेपाल श्रीलङ्कासँग भिड्दै

हिमालखबर

footballफुटबलमा दक्षिण एसियाको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल आज श्रीलङ्कासँग भिड्दैछ ।

भारतमा शुरु भएको पहिलो खेल नेपाल र श्रीलङ्काबीच साँझ ६ः४५ बजे शुरु हुँदैछ । नेपाली राष्ट्रिय टीममा अनिल गुरुङको कप्तानीमा हुने यो पहिलो खेल पनि हो ।

समूह ‘ए’मा परेका पाकिस्तानले सहभागिता नजाउने भएपछि नेपालले श्रीलङ्का र भारतसँग प्रतिश्पर्धा गर्नुपर्नेछ । नेपालले आजको खेल जिते सेमी फाइनलमा पुग्नेछ ।

राष्ट्रिय टीमका कप्तान सागर थापा, सहकप्तान सन्दिप राईसहित पाँच जना म्याच फिक्सिङको अभियोगमा परेपछि बङ्गलादेशमा भएको खेलमा नेपाल ०–१ गोल अन्तरले पराजित भएको थियो । नेपालले आजको खेललाई फाइनल सरहको महत्व दिएर खेल्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...