समाचारबुधबार, पौष ८, २०७२
परराष्ट्रमन्त्री थापा चीन जाँदै
परराष्ट्रमन्त्री कमल थापा पाँच दिने भ्रमणमा आज चीन जाँदै छन् ।
नेपाल–चीन सम्बन्धको ६० औं वर्ष पुगेकाे अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै थापा चीन भ्रमणमा जान लागेका हुन् । उनको टोलीमा कानूनमन्त्री अग्नी खरेल पनि सहभागी छन् ।
भारतको नाकाबन्दी जारी रहेका बेला नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताबारे कुरा हुने भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
