समाचारबुधबार, पौष ८, २०७२

राष्ट्रपतिमाथि दुर्व्यवहार गर्नेलाई कडा कार्बाहीको माग

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सांसदहरुको नाराबाजीबीच चलेको आजको व्यवस्थापिका–संसद् बैठकमा सत्तारुढ दलका सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दुर्व्यवहार गर्नेहरुलाई कार्बाहीको माग गरेका छन् ।

उनीहरुले जनकपुरमा भएको घटनाबारे सरकारले गरिरहेको कार्बाही प्रक्रियाबारे जानकारी मागेका थिए । सांसद् सुशीला नेपालले जनकपुर घटनाले राष्ट्रपतिको मात्रै नभएर सींगो महिलामाथि अपमान भएको बताइन् । उनले प्रश्न गरिन, “सरकार के गरेर बसेको छ ?”

अर्का सांसद कमला विश्वकर्माले राष्ट्रपतिमाथि भएको दुर्व्यवहारको छानबिन गरी कार्बाही प्रक्रिया अघि बढाउन माग गरिन् । सांसद्हरु गीता क्षेत्री, राज्यलक्ष्मी साह, अनुराधा थापामगर, मीना पुनलगायतले जनकपुर घटनाबारे आक्रोस व्यक्त गरे ।

पुरुष सांसदहरुले समेत यसबारे आपत्ति जनाएका छन् । माेर्चाका सांसदहरुले बैठक अवधिभर नाराबाजी गरेका थिए ।

अर्काे बैठक १२ पुसमा बस्ने सभामुख अाेनसरी घर्तीले जानकारी दिइन् । संविधान संशाेधन विधयेकमाथिकाे सैद्धान्तिक छलफल पनि अर्काे बैठकबाट शुरु हुने उनले बताइन् ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>