थप समाचारबुधबार, पौष ८, २०७२
संसद्मा प्रश्न उठ्योः कसरी निस्क्यो एक घण्टामा १० करोड ?
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले एक घण्टामा १० करोड निकाल्ने निलम्बित सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तमाथि कार्बाही गर्नुपर्ने माग गरेका छन् ।
८ पुसको व्यवस्थापिका–संसद् बैठकमा समय लिएर बोलेका सांसद खतिवडाले प्रश्न गरे, “एक घण्टामा १० करोड कसरी निस्कन्छ ?” ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिस अनुसार सरकारले वन्तलाई निलम्बन गरिसकेको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले हिरासतमा राखेर बयान लिने भएपछि वन्तले १० करोड धरौटी राखी तारेख बुझेका थिए ।
खतिवडाले उनले सरकारसँग कालोबजारी नियन्त्रण गर्न माग समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
