थप समाचारबुधबार, पौष ८, २०७२
अवैधरुपमा भित्र्याइएका ५५ थान ग्यास सिलिन्डर बरामद
मधेशी मोर्चाको बन्द हड्ताल र भारतीय नाकाबन्दीका कारण आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको छ ।
दैनिक उपभोग्य वस्तु अभावको फाइदा उठाउँदै तस्करले पर्साका विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् ।
यसै क्रममा आज बिहान भारतबाट अवैधरुपमा भित्र्याइएको नम्बर नभएको ट्र्याक्टरसहित ५५ थान ग्यास सिलिन्डर प्रहरीले बरामद गरेको छ ।
भारतबाट अवैधरुपमा तस्करले ग्यास सिलिन्डर भित्र्याएको पूर्व सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा पर्साको महादेवपट्टी गाविस–१ जिराभवानी मन्दिर नजिकैबाट भारतीय ग्यास सिलिन्डरसहित ट्याकटरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक यादव घर्तीमगरले जानकारी दिए ।
उनले बरामद गरिएको ट्र्याक्टर र ग्यास सिलिन्डरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको बताए ।
उनले भारतबाट हुने अवैध कारोवारलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा प्रहरीको गतिविधिलाई बढाइएको बताए ।
-रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
