थप समाचारबुधबार, पौष ८, २०७२

काठमाडौँ उपत्यकाको तापक्रम ०.९ मा झर्‍यो

हिमालखबर

काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महशुस भएको छ ।

उपत्यकामा आज, ८ पुसमा न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो मौसम शुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ । यसअअघि मंसीर २९ तथा पुस १ र २ गते न्यूनतम तापक्रम २ डिग्रीसम्म पुगेको थियो ।

मौसमविद् शान्ति कँडेलका अनुसार अघिल्लो वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष २०१५ मा भने आज सबैभन्दा कम तापक्रम ०.९ मा झरेको हो ।

काठमाडौंमा डिसेम्बर महिनामा अहिलेसम्मकै सबैभन्दा कम तापक्रम माइनस २ डिग्री सेल्सियस १६ पुुस, २०३४ (३१ डिसेम्बर, १९७७) मा रेकर्ड भएको पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ ।

मौसमविद् कँडेलले अबको १५ देखि २० दिनसम्म चिसो रहने र त्यसपछि मौसम सामान्य हुँदै जाने बताइन् ।

मौसम सफा भए पनि निरन्तर जाडो बढ्नुको कुनै कारण नभई यो नियमित प्रक्रिया भएको उनले उल्लेख गरिन् ।

चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्को सुझाव छ ।
बिहानीपख र बेलुका विशेष ध्यान पुर्‍याउन आग्रह गर्दै मौसमविद् कँडेलले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचापलगायत समस्या आउने उल्लेख गरिन् ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६‍.८ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।
रासस

Observations 2015-12-23 08:45 NPT

StationMaximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura12.01.50.0
Dipayal20.81.80.0
Dhangadi21.95.10.0
Birendranagar19.01.50.0
Nepalgunj22.36.50.0
Jumla12.5-8.40.0
Dang19.45.00.0
Pokhara18.44.50.0
Bhairahawa22.85.70.0
Simara24.65.40.0
Kathmandu16.00.90.0
Okhaldhunga13.83.80.0
Taplejung14.03.70.0
Dhankuta17.85.80.0
Biratnagar25.06.40.0

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>