थप समाचारबुधबार, पौष ८, २०७२

पत्रकार ठाकुरमाथि प्रहरीको दुर्व्यवहार

हिमालखबर

thakurसर्लाहीको मलंगवामा प्रहरीले पत्रकार विश्वनाथ ठाकुरमाथि दुर्व्यवहार गर्नुका साथै रेडियो स्टेशनमा ढुंगामुढा गरेको छ ।

७ पुसमा मलंगवामा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले मधेश एफएमको कार्यालयमा ढुंगा प्रहार गर्दा कार्यालयको झ्यालका सिसा फुटेको र तस्वीर खिचिरहेका स्टेशन म्यानेजर ठाकुरलाई समेत प्रहरीले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गरेको रेडियो मधेशले जनाएको छ ।

प्रहरीबाट लगातार ढुंगा प्रहार भइरहँदा एफएमका कर्मचारीले प्रमुख जिल्ला अधिकारी केदारनाथ ढकाललाई समेत जानकारी गराएका थिए ।

यसअघि गत ५ पुस राति ८ बजे संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले रेडियो मधेशको प्रत्यक्ष प्रसरण कक्षमा अन्तर्वार्ता दिइरहेका बेला पक्राउ गरेको थियो ।

त्यसक्रममा सुरक्षाकर्मीले रेडियोका प्राबिधिक सदाम हुसेन र मुकेश यादवलाई समेत हातपात गरेको रेडियोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाको नेपाल प्रेस युनियनले निन्दा गर्दै दोषिमाथि कार्वाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>