समाचारबिहीबार, पौष ९, २०७२

मोर्चाका कार्यकर्ताले जीपमा आगो लगाए

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले ८ पुस राति रौतहटमा एउटा बोलेरो जीपमा आगो लगाएका छन् । आगलागीबाट जीप ध्वस्त भएको छ ।

भारतको घोडासहन बजारबाट ५ सय लिटर डिजल बोकेर नेपालतर्फ आएको बीआर ०१ पीए ६७९८ नम्बरको भारतमा दर्ता भएको जीप रौतहटको सरमझुवा–६ मा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगो लगाएका हुन् ।

बन्दको अवज्ञा गरेको र पटक पटक भारतबाट तस्करीको समान नल्याउन आग्रह गरेपनि अटेर गरेकोले बोलेरोमा आगजनी गरिएको मोर्चाका स्थानीय नेता अनिल सिंहले बताए ।

अहिलेसम्म जीपका चालक र गाडीधनी सम्पर्कमा नआएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

यसअघि ७ पुस राति पनि मोर्चाका कार्यकर्ताले सख्खर बोकेको ट्रकमा आगजनी गरेका थिए ।

रौटहटको गौरमा ५ पुसदेखि लगाईएको कर्फ्यू भने स्थानीय प्रशासनले हटाएको छ ।

७० बोरा चिनी र ३० बोरा चना नष्ट

यसैबीच बाराको सिम्रौनगढमा ८ पुस राति मोर्चाका कार्यकर्ताहरुले ७० बोरा चिनी र ३० बोरा चना नियन्त्रणमा लिएर जलाएका छन् ।

सीमावर्ती भारतीय बजार घोडासहनबाट ट्याक्टरमा नेपाल ल्याउँदै गरेको अवस्थामा सिम्रौनगढ– ९ सतुवाईन टोलमा चिनी र चना नियन्त्रणमा लिएर जलाएका हुन् ।

ट्याक्टरमा रहेको चिनी र चनाको बोरा सडकमा झारेर मधेशी मोर्चाका कार्यकर्ताहरुले आगो लगाउनु अघि स्थानीयले केही बोरा चिनी र चना लुटेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुरेश बिडारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>