समाचारबिहीबार, पौष ९, २०७२

वीरगञ्जः धर्नाकारी र भारतीय नागरिक समूहबीच झडप

हिमालखबर

मितेरी पुलमा मधेशी मोर्चाले तेर्स्याएको अवरोध । फाइल तस्वीर

मितेरी पुलमा मधेशी मोर्चाले तेर्स्याएको अवरोध । फाइल तस्वीर

वीरगन्ज–रक्सौल सीमाको दशगजा क्षेत्रस्थित मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी र भारतीय नागरिकहरुको समूहबीच ८ पुस राति झडप भएको छ ।

झडपका कारण मितेरी पुल राति साढे ११ बजे सम्म तनावग्रस्त बनेको थियो ।

भारततर्फबाट आएको समूहले मितेरी पुलमा धर्नाकारीले नाका अवरुद्ध पार्न तेस्र्याएको बाँसको ढाट हटाउन खोजेपछि झडप भएको हो ।

नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलका अनुसार करिब एक सयजनाको संख्यामा आएका तस्करहरुले मितेरी पुलमा राखिएको बाँसको ढाट हटाउन खोजेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको हो ।

“तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा कपडा लगायतका सामान ल्याएका रहेछन्, हामीले रोक्न खोज्दा उनीहरु लाठी भाटा बोकेर कुट्न आए,” पटेलले भने ।

धर्ना बस्नेहरु करिब १५ जना मात्रै रहेका बेला करिब सयजनाको समूहले आक्रमण गर्न खोजेपछि स्थिती निक्कै तनावपूर्ण बनेको उनले बताए ।

मितेरी पुलमा लगाईएको बाँसको ढाट हटाएर भारतीय नागरिकहरुको तस्कहरुले सामान वीरगञ्ज ल्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुले के–कति परिमाणमा समान ल्याए भन्ने बारे भने केहि खुलेको छैन् ।

झडपबाट कसैलाई पनि ठूलो चोट लागेको छैन ।

आन्दोलनकारीलाई तस्करहरुले कुटन खोजेको समाचार स्थानीय एफएम रेडियोबाट प्रशारण भएपछि भने राति नै मोर्चाका कार्यकर्ताहरुको थप समूह मितेरी पुलमा पुगेको थियो ।

बिहान भने मितेरी पुलमा करिब एक सयको हाराहारीमा आन्दोलनकारीहरु धर्नामा बसेका थिए ।

यसअघि तस्कहरुसँग झडप भएपछि मितेरी पुलमा बाँसको ढाट लगाएर मोटरसाईकल समेत आवतजावतमा रोक लगाईएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>