Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रिपरिषद् विस्तारको तयारी, साना दलहरुसँगै एमालेबाट पनि मन्त्री थप्ने कसरत - Himalkhabar.com

समाचारबिहीबार, पौष ९, २०७२

मन्त्रिपरिषद् विस्तारको तयारी, साना दलहरुसँगै एमालेबाट पनि मन्त्री थप्ने कसरत

सइन्द्र राई

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

२४ असोजको व्यवस्थापिका–संसदबाट निर्वाचित प्रधानमन्त्री ओलीले साना दलहरुबाट एकनाथ ढकाल, प्रेमबहादुर सिंह र शिवलाल थापालाई सपथ गराउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । राप्रपाले भने नाम पठाउन नसकेपछि अहिलेसम्म को मन्त्री बन्ने भन्नेबारे टुंगो नलागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

सरकारमा बहुमत कायम राख्न साना दलहरुलाई पनि मन्त्री बनाउनुपर्ने भएकाले प्रधानमन्त्री ओलीले मन्त्रालय नै फुटाएर भएपनि सपथ गराउने तयारी गरिरहेका छन् । प्रधानमन्त्रीले साना दलहरुसँगै एमालेबाट पनि मन्त्री र राज्यमन्त्री थप्ने तयारी गर्दैछन् ।

पार्टीमा आकांक्षी धेरै भएकाले कसलाई मन्त्री बनाउने भन्ने अप्ठ्यारो परेको प्रधानमन्त्री निकट एक नेताले बताए । ती नेताले भने, “पार्टीभित्रको असुन्तुष्टि रोक्दै मन्त्री थप्न प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो परेको छ, एमालेबाट आज मन्त्री नथपिन सक्छ ।”

तर, प्रधानमन्त्री ओलीले भने आजै एमालेबाट मन्त्री र राज्यमन्त्री थप्ने कसरत गरिरहेका छन् । यसका लागि उनले आजै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् भने अन्य नेताहरुसँग पनि छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आफू निकट रहेका रबिन्द्र अधिकारीलाई मन्त्री बनाउने तयारी गरेपनि संभावित विवादका कारण टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री सचिवालयका एक नेताले भने, “शान्ता मानवीलाई राज्यमन्त्री बनाएर रविन्द्र अधिकारीलाई फूलमन्त्री बनाउने तयारी भएपनि पार्टी मर्यादाको कारण अप्ठ्यारो आएको छ ।”

पार्टीका पुराना नेता मानवीलाई बिनाविभागीय मन्त्रीका रुपमा सपथ खुवाइएको छ । प्रधानमन्त्री आफैंले सम्मालेको मन्त्रालय मध्ये अधिकारीलाई सहरी विकास मन्त्री बनाएर राज्यमन्त्री मानवीलाई बनाउने तयारी रहेको छ ।

प्रधानमन्त्रीले सहरी विकाससँगै शान्ति तथा पुननिर्माण र श्रम तथा रोजगार मन्त्रालय आफैंले चलाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>