थप समाचारबिहीबार, पौष ९, २०७२
कोहलपुरमा जिब्रोमुनीको ट्यूमरको सफल शल्यक्रिया
विश्वमा एक प्रतिशत मान्छेलाई मात्रै हुने जिब्रो मुनी पलाएको ट्युमरको कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ ।
दैलेख तोली–६ खजुरीका राजु सुनार (४२) को जिब्रो मुनी पलाएको २ वटा ट्यूमर नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा शल्यक्रिया गरी निकालिएको हो । एउटा ट्युमर ६×५ र अर्को ४×३ सेन्टिमिटर साइजको रहेको उपचारमा संलग्न डा. बिक्रम बुढाथोकीले बताए ।
ट्यूमरका कारण जिब्रो लटपटिने, स्वासप्रश्वासमा समस्या र कहिलेकाही त सास समेत केहीबेर बन्द हुने गरेको राजुले बताए ।
“अन्य बेला भन्दा सुत्ने बेला एकदम अप्ठ्यारो हुन्थ्योे,” उनले भने ।
सुनार अहिले राम्रैसँग बोल्न सक्ने भएका छन् । डा. विक्रम बुढाथोकीकै नेतृत्वमा रहेको टोलीले ४५ मिनेट लगाएर ट्युमरको सफल शल्यक्रिया गरेको थियो ।
केशव राना/बाँके