समाचारबिहीबार, पौष ९, २०७२

मधेशी मोर्चाले संसोधन विधेयकमा मौन बसेर सहयोग गर्छः दाहाल

हिमालखबर

dahalएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकनमा सहमति नहुन्जेलसम्म मधेशी मोर्चाका नेताहरुले सहमतिमा हस्ताक्षर नगरे पनि भाषामा सहमति भए पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्दा झै मौन बसेर सहयोग गर्न सक्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले दाहाल निवास लाजिम्पाटका आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा दाहालले भने, “भोली (१० पुस) मधेशी नेताहरुसँग छलफल गर्दैछु, मेरो प्रयास संविधान संसोधनको भाषामा सहमति गर्नेमा हुनेछ ।”

सीमांकनमा कुरा नमिल्दासम्म सहमतिमा मधेशकेन्द्रित दलका नेताहरुल हस्ताक्षर नगर्ने आफ्नो बुझाईबारे जानकारी गराउँदै दाहालले थपे, “तर पुनःनिर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्दा मौन बसे झैं संविधान संसोधन विधेयकमा पनि मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।”

उनले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलसँग पनि कुरा गरिरहेको बताए ।

चाँडै नै गतिरोध अन्त्य हुन्छ भन्नेमा आफू आशाबादी रहेको सुनाउँदै दाहालले सम्भवतः आइतवारबाट संविधान संसोधन विधेयक अगाडि बढ्ने बताए ।

सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्द्रीत रहेको भन्दै दाहालले संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारवीच ब्रिजिङको भूमिकामा सक्रिय रहेको दाबी गरे ।

उनले भने, “सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुङउने विषयमा मधेशवादी दलहरु सहमतिमा आउनु पर्छ, त्यसबाट मात्रै निकास निस्कन्छ ।”

सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागत पछि विषय सकारात्मक दिशा तिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेशलाई ल्याउन नहुने बताए ।

दाहालले भने, “मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ । अहिले मधेश बाहिर छ, अब यसलाई दुई देशको सम्बन्धको बीचमा ल्याएर राम्रो हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>