समाचारबिहीबार, पौष ९, २०७२

मन्त्रीहरु थपिए, ४० सदस्यीय मन्त्रिमण्डल

हिमालखबर

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गरेका छन् । योसँगै मन्त्रिमण्डल सदस्य संख्या ४० पुगेको छ ।

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

नयाँ नियुक्त भएका चार मन्त्रीमा दीपक बोहरा (श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ), एकनाथ ढकाल (बिना विभागीय) र शिवलाल थापा ( विज्ञान तथा प्रविधि) छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

बोहरा राप्रपा, सिंह समाजवादी जनता पार्टी, ढकाल नेपाल परिवार दल र थापा जनमुक्ति पार्टी(लोकतान्त्रिक) का हुन् ।

राज्यमन्त्री थप ६ जना
त्यस्तै कार्यभार पछि तोकिने गरी नेकपा (एमाले) बाट दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीले शहरी विकास मन्त्रालय आफूसँगै राखेका छन् । त्यस्तै रामजनम चौधरी स्वास्थ्य, शेरधन राई सूचना तथा सञ्चार, शान्ता मानवी शान्ति तथा पुनःनिर्माण र विश्वेन्द्र पासवान जनसङ्ख्या तथा वातावरणमन्त्रीमा रहेका छन् ।

स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित भएको छ ।

गत २५ असोजमा गठन भएको मन्त्रिमण्डलमा कात्तिक १, १९ र २३ गते जिम्मेवारीमा हेरफेर तथा थप भएकोमा आज पुनः विस्तार र हेरफेर भई मन्त्रिमण्डलमा ४० सदस्य पुगेका छन् । जस अनुसार उपप्रधानमन्त्री ६, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई जना छन् ।

*सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>