Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुग्यो - Himalkhabar.com

थप समाचारबिहीबार, पौष ९, २०७२

राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुग्यो

हिमालखबर

काठमाडौँ उपत्यकामा आज, १० पुसमा यो वर्षकै सबैभन्दा बढी चिसो महशुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो, ९ पुसमा वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर, आज बिहान ८:४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको हो ।

जाडो मौसम शुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ ।

उत्तर पश्चिमी हावा हिमालको काखबाट नेपाल प्रवेश गर्दा रातको समयमा आकास खुल्ला भएका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

केही दिनदेखि निरन्तर आकाश सफा भएकाले पनि दिनप्रतिदिन चिसो बढ्दै गएको र जनवरी पहिलो हप्तासम्म चिसो नघट्ने उनले बताइन् ।

सन् २०१३ मा यही मौसममा न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको थियो भने अघिल्लो वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतयाः डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।

Observations2015-12-24 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 10.8 1.5 0.0
Dipayal 19.5 1.4 0.0
Dhangadi 20.7 4.9 0.0
Birendranagar 20.0 1.5 0.0
Nepalgunj 21.3 3.4 0.0
Jumla 9.2 -8.4 0.0
Dang 19.5 4.8 0.0
Pokhara 17.8 4.0
Bhairahawa 22.2 6.5 0.0
Simara 23.4 4.6 0.0
Kathmandu 16.5 0.0 0.0
Okhaldhunga 14.2 3.8 0.0
Taplejung 13.2 1.6 0.0
Dhankuta 17.0 5.0 0.0
Biratnagar 24.5 5.5 0.0
Dharan 23.2 11.4 0.0*
Lumle 11.5 2.0 0.0*
Jankapur 24.6 5.0 0.0*
Jiri 11.7 -5.1 0.0*

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>