समाचारबिहीबार, पौष ९, २०७२
जानकी मन्दिरमा तोडफोडमा संलग्न पक्राउ
विवाहपञ्चमी महोत्सवका दिन जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–४ की शिला देवीलाई मन्दिरमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महोत्सवका अवसरमा जानकी मन्दिरमा पूजा अर्चनाका लागि पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी पूजा गरी फिर्ता भएपछि मन्दिरमा दर्शनका लागि जाने भक्तजनमध्येबाट केही व्यक्तिले मन्दिरको मुख्य मूर्ति रहेको गर्भगृहको ढोका, काठको रेलिङ र फलामको बारमा लातले हिर्काई तोडफोड गरेका थिए ।
घटनामा शिलादेवी मुख्य नाइके भएर मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको दृष्य विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी एवम् पहिचान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>