समाचारबिहीबार, पौष ९, २०७२

सहसचिव साह र थानकोट डिपो प्रमुख शर्मा जेल चलान

हिमालखबर

ramadhar

रामआधार साह

ललितपुर जिल्ला अदालतले राजधानीका पेट्रोल पम्पमा डिजिटल मेसिन जडान गरी उपभोक्ता ठगेको आरोपमा पक्राउ परेका वातावरण मन्त्रालयका सहसचिव (नाप तौल तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक) रामआधार साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले पक्राउ परेका सहसचिव साहसहित पाँच जना मिस्त्री र चारजना पेट्रोल पम्प सञ्चालकलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो।

अदालतले साहसँगै मिस्त्रीहरु अयुव आलम, हमिद हुसेन, मुख्तर साह फकिर, सेख इस्तिहाद, महम्मद अबराव र पम्प संचालकहरु शिव तिमल्सिना, युनुस प्रधान, गोपाल महर्जन र शैलेन्द्रनाथ बादेलाई थुनामा राख्ने आदेश दिएको हो ।

प्रहरीले साह विरुद्ध १ करोड ८० लाख रुपैयाँ विगो मागदाबी सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव रामआधार साहले गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक छँदा राजधानीका पेट्रोलपम्पहरुमा डिजिटल प्रविधि जडान गरी कम परिमाणमा तेल दिन लगाई वर्षौंदेखि उपभोक्ता ठगी गर्दै आएको आरोपमा काठमाडौं प्रहरीले उनीमाथि मुद्दा दायर गरेको हो ।

यसरी ठगी गरेबापत साहले पम्पहरुबाट मासिक रुपमा रकम असुली गरिरहेको प्रहरीको आरोप छ । पम्पहरुमा डिजिटल उपकरण सजिलोका लागि जडान गरिए पनि रामआधार साहले त्यसलाई छेडखानी गरेर कम इन्धन दिने बनाउन लगाएको खुलेको थियो ।

उक्त प्रविधि जडान गर्ने भारतीय नागरिक अयुब आलम ठगी गर्ने उपकरणसहित पक्राउ परेपछि उक्त कार्य साहकै प्रत्यक्षमा निर्देशनमा आफूले गर्दै आएको प्रहरीलाई बयान दिएका थिए ।

पम्पको मिटरले १०० लिटर पेट्रोल देखाउँदा ग्राहकले भने ९६ लिटरमात्रै पाउने गरी पम्पको डिजिटल मिटर मिलाइएको आलमले बताएका छन् ।

रबिन शर्मा

रबिन शर्मा

आलमकै बयानका आधारमा प्रहरीले साहलाई २७ मंसीरमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो भने यसरी मिटर मिलाउने अन्य चार जना मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

चारै जना मिस्त्रीले साहको निर्देशनमा राजधानीका विभिन्न पेट्रोलपम्पमा यस्तो प्रविधि जडान गरेको बताएका छन् ।
प्रहरीले साहविरुद्ध ठगी र कालोबजारीका चारवटा बेग्लाबेग्लै मुद्दा दायर गरेको छ ।

शर्मा पनि जेल चलान

यसरी ठगी गर्ने कार्यमा आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मा पनि रहेको भन्दै प्रहरीले शर्मा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले शर्मालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>