समाचारशुक्रबार, पौष १०, २०७२

उपप्रधानमन्त्री केसीले भने, ‘संघीयतामा जाने निर्णय गलत’

हिमालखबर

chitrabahadurउपप्रधान एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले संघीयतामा जाने निर्णय गलत भएको बताएका छन् ।

पाल्पाको तानसेनमा भएको पत्रकार भेटघाटमा उनले २०६२/६३ को जनआन्दोलनको जनभावना विपरीत संघीयतामा जानु गलत भएको बताए । केसीले भने, “संघीयताकै कारण मुलुकमा राजनीतिक अस्थिरता र जटिल परिस्थिति आएको छ ।”

उनले संघीयता मुलुकले थेग्नै नसक्ने बताए । मुलुक पहिलेदेखि नै परनिर्भर भएकाले अहिले जटिल समस्या उत्पन्न भएको बताए ।

उनले भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण चीनसँग व्यापारिक सम्बन्ध जोडेर अत्यावश्यक वस्तु आयात गर्नतर्फ सरकार लागेको बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>