समाचारशुक्रबार, पौष १०, २०७२

सीमाङ्कनमा हेरफेर हुँदैन: नेता खनाल

हिमालखबर

इलामको साँखेजुङमा जापानी राजदूतावासको सहयोगमा निर्माण हुन लागेको सडकको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि जापानीज राजदूत मासाइ ओकावा ।

इलामको साँखेजुङमा जापानी राजदूतावासको सहयोगमा निर्माण हुन लागेको सडकको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि जापानीज राजदूत मासाइ ओकावा ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर कुनै हालतमा नटुक्रिने बताएका छन् ।

आज, १० पुस बिहान इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले मोर्चाले राखेको पाँच जिल्ला मधेश प्रदेशमा समावेश गर्नुपर्ने माग कुनै हालतमा स्वीकार्य नहुने बताए ।

“सबैकुरा उहाँहरूले भनेको मान्ने भन्ने कहाँ छ ? ” प्रश्न गर्दै उनले भने, “आफ्ना मागमा उहाँहरू टसमस नहुने, अनि सरकार र राजनीतिक दलले उहाँहरूका मात्रै माग पूरा गर्ने यो कदापि मान्य हुँदैन ।”

सरकारले अघि सारेको तीनबुँदे प्रस्ताव नै मिलनबिन्दु भएकाले मोर्चालाई त्यसमा सकारात्मक हुन उनले आग्रह गरे ।

भारतले गरेको नाकाबन्दी भारत आफैँलाई घाँडो भएको जनाउँदै खनालले नाकाबन्दी केही दिनभित्रै खुल्ने दाबी गरे ।

आफूलाई चित्त नबुझेको कुरा प्रक्रियागत रूपमा राख्न र सीमामा बसेर अवरोध नगर्नसमेत उनले मधेशकेन्द्रित दलहरुलाई आग्रह गरे ।

एक सातादेखि निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणको अवलोकनपछि नेता खनाल आजै राजधानी फर्केका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>