समाचारशुक्रबार, पौष १०, २०७२

संविधान संशोधनबारे दाहालद्वारा तीनै पक्षका नेताहरुसँग छलफल

हिमालखबर

उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधयेक अघि बढाउन सरकार, प्रमुख प्रतिपक्ष र आन्दोलनरत मोर्चाका नेताहरुसँग छलफल गरेका छन् ।

दाहालले मोर्चाका नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुरलाई संशोधन प्रक्रिया अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर, मोर्चाका नेताहरुले सीमाकंनलगायतका ११ बुँदे माग प्याकेजमा टुंग्याए मात्रै संशोधन विधयेकमाथि भाग लिने प्रतिक्रिया दिएका थिए ।

दाहालले सत्तारुढ दल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि संशोधन प्रक्रियाबारे छलफल गरेको दाहालको सचिवालयले जनाएको छ ।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिमण्डल र सरकारको कामकार्बाहीबारे पनि छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>